२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

भोरद्वारा कोरोना महामारीमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो ।

चन्द्रनगर गाउँपालिकाका ७ वटै स्वास्थ्य संस्थाका ४० स्वास्थ्यकर्मीलाई प्रति व्यक्ति ५० पिस सर्जिकल मास्क, एउटा फेस शिल्ड, ६ पिस सर्जिकल ह्यान्ड ग्लोब्स प्रदान गरिएको छ । कोरोनाको संक्रमण निकै तेज भएको र कोरोनाका बिरामी पनि बढन थालेको समयमा पनि चन्द्रनगर गांउपालिकाका स्वास्थ्यकर्मीे स्वास्थ्य सुरक्षा सामाग्री बिना नै काम गरि रहेको देखेर हामीले उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरेको भोरको अध्यक्ष पचुलाल माझीले बताए ।

त्यस्तै सर्लाहीका विभिन्न इलाका र चौकीका १४८ नेपाल प्रहरी तथा सस्त्र प्रहरी बललाई स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । प्रत्येक प्रहरीलाई ५० पिस सर्जिकल मास्क, १ पिस फेस शिल्ड, १०० एमएलको १ बोतल सेनिटाइजर, ६ वटा सर्जिकल ह्यान्ड ग्लोब्स हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरीका फुलजोर प्रहरी चौकी, ईश्वरपुर प्रहरी इलाका, मोहनपुर प्रहरी चौकी, नाढीताल प्रहरी चौकी, भक्तिपुर प्रहरी चौकी तथा नेपाल भारत सिमानामा रहेको त्रिभुवननगर सस्त्र प्रहरी बल गरी १४८ प्रहरीलाई सो स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको कुरा फ्रेन्डस अफ भोर सदस्य राजेश महतोले जानकारी दिए ।

स्वास्थ्यकर्मी र प्रहरी संगै सर्लाहीमा क्रियाशिल पत्रकारहरुका लागि मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]