०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रहरीको गोलिले अभिनाशको मृत्यु : डा सीके राउतले गरे सरकारसंग यस्तो माग

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ जेष्ठ । बुधबार नवलपरासीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दोषीमाथि कडा कारबाहीको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले माग गरेको छ ।

सीमाक्षेत्रको अस्पतालबाट आफ्नो बुवाको लागि अत्यावश्यक औषधी किन्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभरलाई प्रहरीले सिधै गोलि हानेर हत्या गरेको प्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

विहिबार विहान जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन सरकारसँग जोरदार माग गरेको छ ।

डा राउतले विज्ञप्तिमा भनेका छन्, अविनाश राजभरलाई नेपालका सशस्त्र प्रहरीले सीधै गोली हानेर गरेको नश्लीय हत्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सोको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा मृतकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउन जनमत पार्टी माग गर्दछ ।

त्यसैगरी डा राउतले जारि गरेको विज्ञप्तिको २ नम्बरमा यस्तो लेखेका छन् –  “कोभिड- १९को दोस्रो लहरसँग जुझ्न नेपाल सरकारद्वारा गरिएको बंदाबंदी र जारी गरिएको निषेधाज्ञाको अवधि अधिकांश ठाउँमा झण्डै एक महिना पुग्न लाग्दा सो अवधिभर बहुसंख्यक गरीब, मजदूर तथा दैनिक ज्यालादारहरू काम गर्न बाहिर निस्कन सकेका छैनन् र उनीहरूको परिवार घरमा खानाको समस्या तथा भोकमरीसँग जुझ्दैछन्।”

उनीहरू घरबाहिर अत्यावश्यक कामले निस्के पनि प्रहरीको दमन र जरीवाना खेप्नु परेको डा राउतले सो विज्ञप्तिमा उल्लेख गरेको छ ।

राहतको आवश्यकता रहेका सम्पूर्ण घरपरिवारका लागि सरकारद्वारा राहतको अविलम्ब व्यवस्था गर्न जनमत पार्टी माग समेत गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]