१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,६ जेष्ठ । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उहाँ यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिनुभएको छ ।

सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पु¥याउन व्यवस्थापन गर्ने रहेको छ । “शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो”, उहाँले भन्नुभयो, “पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।”

सेनातर्फ यहाँ कञ्चनपुर जिल्लाको श्रीदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्छ । सोहीअनुसार गुल्मले कोरोना कहरमा दिइएको जिम्मेवारीअनुसार यहाँको गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणदेखि अन्य रणनीति बनाएर काम गरिरहेको छ । “कोरोना कहरमा सङ्क्रमणको सम्भावना त रहन्छ नै”, नेपालीले भन्नुभयो, “यहाँबाट अहिलेसम्म दैनिकजसो शवहरु व्यवस्थापनका लागि हाम्रै टोली घाटसम्म खट्दै आएको छ ।” उहाँले शववाहन जुटाउने तथा अस्पताल प्रशासनमार्फत स्वास्थ्य सामग्री मृतकका आफन्तलाई दिनेलगायतका काम सेनाले नै गरिरहेको बताउनुभयो ।

“शव व्यवस्थापनमा खटिने हाम्रो पाँच जनाको टोली ब्यारेकमा पछि छुट्टै क्वारेन्टिइन बनाएर बस्छ”, उहाँले भन्नुभयो, “घाटमा पनि धार्मिक परम्पराअनुसार हामीले मृतकका आफन्तलाई दाहसंस्कार गर्ने वातावरण बनाएका छौँ ।” उहाँले पछिल्लो केही दिनयता मृत्युदर पनि घटिरहेको पाइएको बताउनुभयो । “देशमा यस्तो समस्या परिरहेका बेला हाम्रो जिम्मेवारी, कर्तव्य र धर्मभित्र पनि पर्छ”, उहाँले भन्नुभयो, “देशले दिएको जिम्मेवारी बहन गर्नु हामी सिपाहीको धर्म हो ।”

गुल्मकै अर्का हवल्दार भुवन बस्याल एक महिना यहाँ सङ्क्रमितको शव व्यवस्थापनका खटिनुभयो । “शव व्यवस्थापन खटिँदाखटिँदै मलाई पनि सङ्क्रमण भयो”, क्वारेन्टिनमा रहेका उहाँले भन्नुभयो, “यस्तो महामारीमा ज्यान गुमाउने दाजुभाइको शव चितामा राखेर अन्तिम सलामी दिनु राम्रै कुरो हो ।” कोरोना निको हुने चरणमा रहेका उहाँले घर परिवारबाट पनि शव व्यवस्थापनमा खटिएको खबरले स्वास्थ्यप्रति ख्याल गर्न आग्रह आउने गरेको बताउनुभयो । “घर परिवारबाट पनि ड्युटीमा रहँदा स्वास्थ्यको ख्याल गर्न भनिन्छ”, उहाँले भन्नुभयो, “यस्तो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु सामाजिक दायित्वमा पर्छ ।”

त्यसैगरी श्रीदल गुल्मले वैशाख महिनामा मात्रै कञ्चनपुरमा ६० जनाको शव व्यवस्थापन गरेको गुल्मपति सेनानी प्रतीकसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले शव व्यवस्थापनमा उच्च तालिमप्राप्त सैनिक टोली खटिएको जानकारी दिनुभयो । “प्रत्येक पाँच जनाको समूह बनाएर शव व्यवस्थापनमा चार टिम बनाएका छौँ”, उहाँले भन्नुभयो, “यस्तो महामारीमा दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]