२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बिहेको दिन दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि ववाल मच्चियो

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,६ जेष्ठ । एक जनाको बिहे एक पटकमा एक जनासँग मात्र हुन्छ । यो सन्सार भरीकै मान्यता हो । तर कहिलेकाँही नसोचेको घटना पनि हुने गर्छ । प्रेम गरेको ब्यक्ति अर्कै मान्छेसँग बिहे गर्न जान लागेको थाहा पाएपछि भएको बवालले भारतमा अनौठो रुप लिएको छ ।

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि ववाल मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए ।

ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।

जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग विवाह गर्न अस्वीकार गरिन् । झ ग डा हुन लागेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले दुलही र उनका प्रेमीलाई हिरासतमा लियो ।

अनौठो कुरा त, दुलहीका प्रेमीको पनि अर्कै ठाउँमा विवाह हुन लागेको थियो । तीन पक्षबीच प्रहरी चौकीमा घन्टौंसम्म कुराकानी भएपछि दुलही पक्षले जन्ती लिएर आएका दुलाहालाई भैगो भने । त्यसपछि उनले तिलकमा पाएको मोटरसाइकल फर्काए ।

अनि दुलहीका प्रेमीले पनि अर्को कुरा चलेको ठाउँमा सामान फर्काए । तीनै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रहरीको उपस्थितिमा दुलही र उनको प्रेमीको विवाह भयो ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]