०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सुतेकै ठाउँमा एक पुरुषको हत्या

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
विराटनगर ,७ जेष्ठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित लोचनीमा सुतेकै ठाउँमा एक पुरुषको हत्या भएको छ। शुक्रबार बिहान विभत्स हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको हो।

घाँटीमा धारिलो हतियारले प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शव ओछ्यानमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार शव घरभित्र सुतेकै खाटको ओछ्यानमा लडिरहेको अवस्थामा भेटिएको हो।

‘शव खाटमै लडिरहेको छ। घटनास्थल रगताम्य छ,’ राईले भने, ‘निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागमा प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ। घटनाको विस्तृत विवरण आइसकेको छैन।’

प्रहरीका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्थे। केही समयअघि श्रीमतीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी बाहिर अन्यत्रै बस्ने गरेका कारण विष्णु आफ्नो घरमा एक्लै बस्ने गरेको पाइएको डीएसपी राईले बताए।

विष्णु ज्यालामजदुरी गर्थे। सधैँ चाँडै उठेर काममा जाने गरेका उनी नआएपछि साथीभाइ बोलाउन जाँदा घरभित्रै शव देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाका बारेमा बिहान ७ बजे जानकारी पाएको थियो।

डीएसपी राईले घटनामा प्रयोग गरिएको कुनै हतियार फेला नपरेको बताए। ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन,’ उनले भने, ‘हत्या गर्नुपर्ने कारण पनि खुल्न बाँकी छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]