१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

सुतेकै ठाउँमा एक पुरुषको हत्या

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
विराटनगर ,७ जेष्ठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित लोचनीमा सुतेकै ठाउँमा एक पुरुषको हत्या भएको छ। शुक्रबार बिहान विभत्स हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको हो।

घाँटीमा धारिलो हतियारले प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शव ओछ्यानमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार शव घरभित्र सुतेकै खाटको ओछ्यानमा लडिरहेको अवस्थामा भेटिएको हो।

‘शव खाटमै लडिरहेको छ। घटनास्थल रगताम्य छ,’ राईले भने, ‘निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागमा प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ। घटनाको विस्तृत विवरण आइसकेको छैन।’

प्रहरीका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्थे। केही समयअघि श्रीमतीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी बाहिर अन्यत्रै बस्ने गरेका कारण विष्णु आफ्नो घरमा एक्लै बस्ने गरेको पाइएको डीएसपी राईले बताए।

विष्णु ज्यालामजदुरी गर्थे। सधैँ चाँडै उठेर काममा जाने गरेका उनी नआएपछि साथीभाइ बोलाउन जाँदा घरभित्रै शव देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाका बारेमा बिहान ७ बजे जानकारी पाएको थियो।

डीएसपी राईले घटनामा प्रयोग गरिएको कुनै हतियार फेला नपरेको बताए। ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन,’ उनले भने, ‘हत्या गर्नुपर्ने कारण पनि खुल्न बाँकी छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]