१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

नेपाल ज्यादै जटिल अवस्थामा : संयुक्त राष्ट्रसङ्घ

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,७ जेष्ठ । कोभिड १९ महामारीबाट गुज्रिरहेको नेपाल ज्यादै जटिल अवस्थामा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। त्यसका लागि राष्ट्रसंघले नेपाल कोभिड १९ प्रतिकार्य योजना जारी गरेको छ। सो योजनामा राष्ट्रसंघका साझेदारहरु पनि सहभागी छन्।

महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न ८ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि पनि आह्वान गरेका छन्।

योजनालाई नेपाल ह्यूमानिटेरियन कन्ट्रीटीम र नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट अनुमोदन गरिसकेको छ।

नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रहरुमाथि विनाशकारी प्रभाव पारिरहेको बताउँदै त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तीकृत व्यक्तिहरु बढी प्रभावित हुनपुगेको जनाइन।

केही महिनाको न्यून दैनिक नयाँ सङ्क्रमणपछि नेपालमा वैशाखको पहिलो हप्ताबाट संक्रमण संख्या द्रुतगतिबाट बढ्दै चैत्र महिनाको मध्यमा दैनिक १५० बाट वैशाख २२ गतेदेखि हरेक दिन ८ हजारभन्दा बढी नयाँ सङ्क्रमण देखापरिरहेको छ। देशव्यापी रुपमा गरिएको कोभिड १९ परीक्षणमा ४५ प्रतिशतभन्दा बढी पोजिटिभ परिणाम आइरहेको छ, जसले सङ्क्रमणको संख्या सार्वजनिक भएकोभन्दा बढी रहेकोतर्फ संकेत गर्दछ। भारतमा देखिएको बढोत्तरीको झण्डै तीन हप्तापछि नेपालमा सङ्क्रमण बढ्न थालेको भएपनि यहाँको दैनिक प्रतिव्यक्ति सङ्क्रमण दर भारत बराबर नै रहेको छ, तर नेपालको स्वास्थ्य प्रणालीको क्षमता तुलनात्मक रुपमा सीमित रहेको अवस्था छ।

नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का प्रतिनिधि डा। राजेश सामभाजीराव पाण्डवले नयाँ सङ्क्रमणमा देखिएको हालैको लहरले अक्सिजन, औषधि, भेन्टिलेटर, परीक्षण कीट र खोपलगायतका स्वास्थ्य सामग्रीका लागि अप्रत्यासित माग निम्त्याएको बताउँदै ठोस प्रतिकार्य लागू गर्ने नेपाल सरकारको प्रयासहरुलाई डब्लुएचओ र साझेदारहरुले सहयोग गरिरहेको भएपनि यो महामारी विरुद्ध लड्न अन्तर्राष्ट्रिय एक्यवद्धताको खाँचो रहेको बताए।

नेपाल कोभिड १९ प्रतिकार्य योजनाले कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य योजना ९सिपिआरपी०मा उल्लेख भएअनुसार कोभिड १९ ले निम्त्याएको स्वास्थ्य र मानवीय परिणाम दुवैलाई सम्बोधन गर्ने प्राथमिकतापूर्ण प्रतिकार्यका क्रियाकलापहरु प्रस्तुत गर्दछ।

नेपालस्थित राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ०की प्रतिनिधि एल्के विस्चले नेपालले कोभिड १९ को डरलाग्दो नयाँ लहरको सामना गरिरहेको बताउँदै द्रुत गतिमा बढिरहेको सङ्क्रमणको संख्याले नेपालको कमजोर स्वास्थ्य प्रणालीमाथि अत्यधिक भार थपिदिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]