०६ पुष २०८२, सोमबार
22-12-2025 , Mon
×

जनमत पार्टीद्वारा महोत्तरीमा वृक्षारोपण अभियान सुरु

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा निमको बोट लगाएर वृक्षारोपण अभियान सुरु गरेको छ ।

शुक्रबार जनमत पार्टी महोत्तरीका जिल्ला संयोजक बिरेन्द्र मण्डलले निषेधाज्ञाको मध्यनजर राखेर स्वास्थ्य मापदण्ड पालन गरेर वृक्षारोपण अभियान सुरु गरेको छ।

उनले भने ,अहिले अक्सिजनको कमीले धेरै जनाको अकालमै मृत्यु हुने गरेको सर्व वितिकै छ । चुरिया क्षेत्रमा भइरहेको वनविनाश र मरुभूमिकरणलाई रोक्नका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिदै आइरहेको संयोजक मण्डलले जानकारी दिए ।

वन बिनासका कारण मधेशमा पर्यावरणीय संकट बढेको भन्दै वृक्षारोपण अभियानलाई निरन्तरता दिएको जनमत पार्टीका नेता विश्वनाथ चौधरीले जानकारी दिए ।

उनले मधेसलाई मरु भूमीकरणबाट जोगाउन एक करोड विरुवा रोप्ने अभियान जनमत पार्टीले चलाएको छ ।

सोही अभियानलाई निरन्तरता दिनको लागि शुक्रबार जिल्लाको एकडारा गाउँपालिका र मठियानी नगरपालिकामा जनमत पार्टीका नेता तथा कार्यक्रताहरुले एकैसाथ निमको बोट रोपेर वृक्षारोपण अभियान सुरु गरेको छ ।

जनमत पार्टी महोत्तरीका संयोजक विरेन्द्र मण्डलले एकडारा गाउँपालिका ३ अजमरपट्टिमा आफ्नै घरमा निमको वृक्ष रोपेर अभियानलाई सुरु गरेको छ ।संयोजक मण्डलले जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई कोरोना भाइरसको मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पालन गरेर वृक्षारोपण गर्न निर्देशन दिएको छ ।

जनमत पार्टीले आफ्नो घोषणापत्रमा १ करोड वृक्षारोपण अभियानलाई आफ्नो प्राथमिकताका कार्यक्रममा राखेको छ । जनमत पार्टीका नेता कार्यकर्ताहरुले यो भन्दा अगाडी पनि निमको बोट मधेशका विभिन्न जिल्ला सहित काठमाडौंमा समेत वृक्षारोपण गरेको थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]