१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी खारेज गर्ने राष्ट्रपतिको निर्णय

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,८ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीको आधार नपुगेको भन्दै खारेज गर्ने निर्णय गरेकी छन्।

शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन्।

निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपालपक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। त्यस्तै ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका थिए।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्ने ओली र देउवा दुवैको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको नाम जुधेको उल्लेख गरेकी छन्। त्यस्तै शुक्रबार एमालेको ओली पक्षले नेपालपक्षका सांसदहरुलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भएको तथा ओलीलाई समर्थन गरेका जनता समाजवादी पार्टीका महन्ठ ठाकुर पक्षले देउवालाई समर्थन गरेका उपेन्द्र यादव पक्षलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भएको उल्लेख गरेकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]