०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

प्रभु साहको पहलमा ३० सिलिन्ड अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

संजय मिश्रा
रौतहट ,८ जेष्ठ । निवर्तमान सहरी विकास मन्त्री प्रभु साहको पहलमा ३० थान अक्सिजन सिलिन्डरसहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको छ ।

कोविड १९ को उच्च जोखिममा रहेको रौतहट जिल्लाका सिडियो इन्द्र देव यादवलाई मौलापुर नगर प्रमुख रिना कुमारी साहले अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री हस्तान्तरण गरकी हुन े ।

मेयर साहले अक्सिजन सिलेन्डर ३० थान, मास्क ५ हजार, सेनिटाइजर २५ लिटर, अक्सिमिटर १५, ग्लोब २ बक्स , पिपिइ सेट २५ लगायत सामग्री हस्तान्तरण गरको जिल्ला प्रशासन कार्यालय रौतहटले
जनाएको छ ।

उक्त अवसरमा निबर्तमान प्रदेश सान्सद कुन्दन कुशवाल, नेता उपेन्द्र साह, राजकिशोर यादव, प्रहरी उपरीक्षक सिद्दी विक्रम शाह लगायत सन्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]