०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

प्रभु साहद्वारा रौतहटका सबै स्थानीय तहहरुलाई अक्सिजनसहित स्वास्थ्य सामग्री

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

संजय मिश्रा
रौतहट,८ जेष्ठ । निर्वतमान सहरी विकास मन्त्री प्रभु साहले रौतहटका सबै स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्।

उनले व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५÷५ लिटरको), १ हजार ओटा मास्क, १५ ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री उलपब्ध गराएका हुन्।

उनले उपलब्ध गराएको अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामाग्री शुक्रबार गुजरा, कटहरिया र देवाही गोनाहीलगायतका नगरपालिकामा मन्त्री साहका पत्नी मौलापुर नगर प्रमुख रिना कुमारी साह हस्तान्तरण गरकी छिन्  ।

अन्य १६ वटा स्थानीय तहमा पनि अक्सिजनसहितको स्वास्थ्य सामग्री वितरण कार्य जारी रहेको मन्त्री साहका स्वकीय सचिव बिजय यादवले जानकारी दिएका छन ।

स्वास्थ सामग्री वितरण कार्यक्रममा मेयर साहका साथै निर्वतमान प्रदेश संसद कुन्दन कुशवाहा, कटहरीयाका मेयर सियाराम कुशवाहा, एमाले कटहरीयाका नगर अध्यक्ष योगेन्द्र साह, कटहरीयाका नगर प्रवक्ता चन्दन कुशवाहा, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रामजी साहलगायत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]