०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

अलपत्र संसद, बजेट अन्यौल : कानून विपरीत बजेट ल्याउने सरकारको तयारी

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

कमलेश ठाकुर
जनकपुरधाम ,८ जेष्ठ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सचिवालय (संसद्)बाट बजेट घोषणा हुन २४ दिन मात्र बाँकी छ । तर, सरकारले संसद बैठक नबोलाउँदा प्रक्रिया अगाडी बढ्न सकेको छैन्।

बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले राजनीतिक उथलपुथल र कोरोना महामारीको बहाना देखाएर कानुन विपरीत छलफल नै नगरी बजेट ल्याउने मनसाय बनाएका छन्। प्रदेशसभा सचिवालयले बजेट अधिवेशन आह्वान नगर्दा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको छ भने बजेट अन्यौलमा परकोे हो।

यस बेला संसद्मा बजेट अधिवेशन चलिरहनुपर्ने थियो। तर, सत्तारुढ दलभित्रै गुट उपगुट र कोरोना महामारीका कारण अधिवेशन डाक्न चासो नदेखाउँदा आगामी बजेट प्रक्रिया अन्योलमा परको े बुझिएको छ । बजेट अधिवेशन नबोलाइएपछि विभिन्न संशय उत्पन्न भइरहेका बेला संसदीय प्रक्रिया छाडेर गलत बाटोबाट बजेट ल्याउन सरकारले भित्री तयारी गरिररहेको स्रोतको दावी छ ।

संसद जिवित हुँदाहुँदै पनि सरकारले गलत बाटोबाट कानुन विपरीत बजेट ल्याउन नमिल्ने सांसदहरूको भनाई छ । सरकारले छिटो प्रदेशसभा बैठक बोलाएर कानुनी पक्रिया अनुसार बजेट ल्याउनु पर्ने सांसदहरूको माग छ । प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले संसद् जीवितै रहेकाले सरकारले नियमित प्रक्रियाबाटै बजेट ल्याउनुपर्ने बताउँछन्।‘सरकारले नीति तथा कार्यक्रम र प्रिबजेट छलफल नगरी पारित गर्छ भने गलत हो। कानुन विपरीत बजेट ल्याउन पाउँदैनन,’उनले भने,‘समयमै संसद बोलाएर नियमित प्रक्रियाबाट बजेट ल्याइनुपर्छ। गलत बाटोबाट सरककारले बजेट
ल्याउन खोज्यो भने पास हुन दिदैनौं ।’

नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले छिटो संसद बैठक बोलाएर छmफल गर्न‘पर्ने माग गरे। ‘जनताको अभिभावकले कोरोनाको बहाना देखाउनु गलत हो,’उनले भने, ‘वैकल्पिकमाध्यमबाट भएपनि बैठक बोलाउनु पर्छ। प्रकृक्रा पुरा गरी मात्रै बजेट ल्याउन पाउँछ ।’ सदन चल्न नसक्दा जनताको समस्या सरकारले सुनवाई गर्न नसकेको भन्दै बजेट बारसमेत सरकारले कुनै तयारी गर्न नसकेको उनले जानकारी दिए ।

‘अहिले प्रमुख दुई वटा विषयमा बैठक बस्नु आवश्यक छ । एक जनताको जनधनको रक्षा अर्को अगामी बजेटको तयारी,’उनले भने, ‘तर, सरकार वेवास्ता गर झै गरका छन्। सरकारले छिटो विकलप दिएन भने जनता निरास हुन्छ । र, बीना तयारी हत्तारमा ल्याउने बजेट पनि ठोस योजना समावेश गर्न सक्दैन्।’ यता, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बजेट कानुनी व्यवस्था अनुसार नै ल्याउने तयारी भइहेको जानकारी दिए ।केन्द्रको बजेट आएको १५ दिनपछि प्रदेश सरकारदले बजेट ल्याउने बताउँदै तयारी भईहेको उनले बताए ।

‘सरकारले कानुनी प्रकृया अनुसार नै बजेट ल्याउछ, बाँकी कुरा गलत हो,’उनले भने, ‘कोरोना महामारीका कारण सरकारले भौतिक रुपमा बैठक बस्न सकेको छैन्। तर,बैकल्पिक माध्यमबाट सदन सुचारु गररे पनि सरकारले कानुन अनुसार नै बजेट ल्याउँछ ।’ प्रदेश सभा बैठक पाँचौ अधिवेशनको दोस्रो बैठक पश्चात बैशाख १४ गतेको लागि बैठक डाकिएको थियो।

तर, प्रदेशसभा सचिवालयमा कार्यरत्त तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सुचना नआए सम्मको लागि स्थगित भएको बैठक अहिले सम्म सुचारु भएको छैन्। कर्मचारी कोरोना संक्रमणलाई पास्सत गरी घर फर्किसकेका छन्। बैठक स्थगित भएको एक महिना हुन लागेको छ । कोरोना महामारीमा पनि सदन सुचारु नगरको भन्दै प्रतिपक्षले सरकारको आलोचना गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]