०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

महामारीका बेला मनकारीको सहयोग

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,८ जेष्ठ । महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ ।

आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन ।

स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदल यात्री र गरीबका लागि महोत्तरीको बर्दिबासमा खाद्यान्न बैंक सञ्चालन गरी दैनिक खाजा र खाना वितरण गर्न भ्याइनभ्याइ भएको प्रदेश नं २ प्रदेशसभा सदस्य शारदादेवी थापाले बताउनुभयो ।

बर्दिबासमा गरिरहेको यस महान् काम हेरेर कोभिड–१९ व्यवस्थापन समितिलाई राहत तथा कोरोना पीडितको उद्धारका लागि विभिन्न संस्थाले आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् ।

सहयोगका क्रममा रोटरी क्लब बर्दिबासले रु दुई लाख ५६ हजार ५००, महोत्तरी होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउन्डेशनले रु डेढ÷डेढ लाख सहयोग गरेका छन् ।

त्यस्तै बर्दिबास उद्योग वाणिज्य सङ्घले खानाका लागि अभियान अवधिभर रासनको व्यवस्था गरेको सङ्घका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । समितिका पदाधिकारीले विभिन्न व्यक्तिसित आर्थिक सहयोग मागेर, पदाधिकारीले आफूहरु पनि अनिवार्य पैसा दिने र अन्य व्यवसायीसमेतको सहयोगमा कोरोना कहर रहुन्जेलसम्म खाना खुवाउने अभियान जारी राख्ने जनाएका छन् ।

मानवता देखाउने समय आएको छ, ‘हुनेले दिनूस्, नहुने लिनूस’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले खाद्यान्न बैंकमार्फत राहत विरतण गर्न थालेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । यसका अलावा सो समितिले कोरोनापीडितका लागि निःशुल्क एम्बुलेन्स तथा अक्सिजन सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]