०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

करेन्ट लागेर २४ वर्षिया महिलाको मृत्यु

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ जेष्ठ ।प्रदेश २ का सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् ।

करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]