१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

प्रतिनिधि सभा विघटन राष्ट्रघाती कदम : माओवादी

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ जेष्ठ । नेकपा ( माओवादी केन्द्र )ले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई राष्ट्रघाती कदम भनेको छ।

शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरेको छ। यसको विरुद्ध संघर्ष गर्ने जनाउँदै दाहालले वक्तव्यमा भनेका छन्, “हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्ध कानूनी र राजनीतिक सबै प्रकारका संघर्ष गर्न प्रतिबद्ध छ।”

गत ५ पुसमा गरिएको प्रतिनिधि सभाको विघटनको घोषणाकै कडी भएको जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीसँग मिलेर राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको माओवादीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]