२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

कलैयामा हत्या गरिएका दुई बालकको परिवारलाई राहत सामग्री

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज ,९ जेष्ठ । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं। १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको हो ।

जेठ ४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

रोजगारीका लागि विदेश गएका उनीहरुका बुवा अब्दुल गफार अंसारी अहिले पनि उतै छन् । घरमा आमासँगै १२ र ५ वर्षीय २ जना छोरी र हजुरआमा छन् । परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ ।

अन्सारी परिवारलाई चामल २ बोरा, आलु ५ किलो, प्याज ५ किलो, दाल ३ किलो, सोयाबिन १ किलो, नुन ५ प्याकेट, तेल, मसला लगायतका सामग्री हस्तान्तरण गरिएको संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले जानकारी दिए ।

बाल हेल्पलाइनले बालबालिकाहरुको हकहित संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]