२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सतोषर पोखरीमा डुबेर बालिकाको मृत्यु

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ जेष्ठ । जनकपुरधाम धनुषाको सबैला स्थित सतोषर पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बहुप्रसिद्ध एवं ऐतिहासिक श्रद्धा बोकेको सवैला नगरपालिका ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा एक १० वर्षिया बालिकाको डुबेर मृत्यु भएको हो।

जिल्लाकै बिदेह नगरपालिकाको जोगियरा टोल घर भएकी अन्दाजी बर्ष १० कि निक्की कुमारी रायको अन्य बच्चाहरूसँगै पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

मृतक बालिका आफन्तको घर कुशमाहामा जन्तीमा सामेल हुन केही दिन अघि मात्रै सबैला आएकी थिइन्। घटना लगभग शनिबार बिहान साँढे ११ बजेतिरको हो। बालिकाको शव स्थानीयले पोखरीबाट बाहिर निकालेर इलाका प्रहरी सवैलालाइ खबर गरेका थिए ।

बालिकाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको ा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]