१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

महोत्तरी जिल्ला अदालतबाटै थुनुवा फरार

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,९ जेष्ठ । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट म्याद थपका लागि गएका कमलेशले प्रहरीलाई शौचालय जाने भन्दै शौचालय पुगेपछि शौचालयको पर्खाल नाघेर भागेको जनाइएको छ । उनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागु औषधसहित पक्राऊ परेका थिए ।

उनको खोजतलाशमा अहिले ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी टोलीका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि व्यापक रूपमा प्रहरी परिचालन गरी उनको खोजतलाश भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]