२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

विवाह समारोहबाट एकै टोलमा ४४ सङ्क्रमित

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,९ जेष्ठ । ​हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाभाइरस ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित फेला परेका हुन् ।

शुक्रबारमात्रै उक्त वडामा ४३ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको थियो । उनीहरूमध्ये अधिकांश सोही टोलका हुन् । मालबाँसे टोलका विभिन्न उमेर समूहका स्थानीयवासीमा सङ्क्रमण देखिएको छ । यहाँ आयोजित विवाहबाट सङ्क्रमण ब्यापक फैलिएको स्थानीयवासीको अनुमान छ ।

अधिकांश स्थानीयवासीमा ज्वरो, रुघा खोकी, खाना नरुच्ने, शरीर दुख्नेजस्ता समस्या भएपछि स्थानीयवासी समेत रहनुभएका शिक्षक वीरेन्द्र सुहाङको समन्वयमा यहाँका आठ जना बिरामीलाई गत आइतबार प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पु¥याई एण्टिजेन परीक्षण गरियो । परीक्षणमा सबै जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । त्यसयता गाउँपालिकाले उक्त वडाकै अन्य टोलहरू भालुखोप, अमले, जेभालेमा समेत परीक्षण बढाएको छ । वडाभरीमा हालसम्म ५६ जनामा सङ्क्रमण देखिएको वडा सदस्य राजकुमार पन्थाकले जानकारी दिनुभयो ।

मालबाँसे र भालुखोप क्षेत्रमा निकै ब्यापक रूपमा सङ्क्रमण फैलिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख चन्द्रप्रसाद घिमिरेले बताउनुभयो । “यहाँको स्थिति निकै भयावह छ । घर–घरमा बिरामी हुनुहुन्छ”, घिमिरेले भन्नुभयो, “कतिपय बुढापाकाले अझैसम्म परीक्षण गर्न मान्नुभएको छैन् ।” सङ्क्रमण ब्यापक भएपछि जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेन, स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी लगायतले स्थगलत रुपमा निरीक्षण गर्नुभएको छ ।

सङ्क्रमण देखिएका अधिकांशमा गम्भीर समस्या भने देखिएको छैन । सामान्य समस्या भएका कारण सबैजसो स्थानीयवासी नियमित दैनिकीमा फर्किएको स्थानीयवासी युवा दिलकुमार खुदाङले जानकारी दिनुभयो । “सबैको अवस्था सामान्य रहेकाले नियमित काम गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “समस्या पूरै निको भएको भने छैन ।” उक्त टोलका अधिकांश स्थानीयवासीमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका समस्या देखिएका भए पनि कतिले परीक्षण गरेर घरेलू औषधि सेवन गरिरहेका छन् भने कतिपयले परीक्षण नै नगरी रोगसँग जुधिरहेका छन् । “तर अब अवस्था सामान्य बन्दै गयो”, खुदाङले भन्नुभयो ।

यहाँबाट परीक्षण बाहिर फैलन नदिन सङ्क्रमण फैलिएका टोलहरूलाई सिल गरिनाका साथै नियमित सुरक्षाकर्मी परिचालन गरिएको छ । यहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेदिक औषधि तथा कोरियामा रहेका स्थानीयवासी युवाको सहयोगमा केही राहत वितरण भएको शिक्षक सुहाङले जानकारी दिनुभयो । सङ्क्रमण रोकथामका लागि आजदेखि पुनः परीक्षण थालिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सङ्क्रमणका कारण घरमै बस्नु परेपछि दैनिक ज्याला मजदुरी गर्ने कतिपय स्थानीयवासीलाई दैनिकीमा समेत समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । “सङ्क्रमित भएपछि काममा जानसक्ने अवस्था रहेन । कसैले पनि दैनिक मजदुरी गर्नेलाई राहत र सहयोग गरेका छैनन्”, स्थानीयवासी युवा मदनकुमार खुदाङले भन्नुभयो, “बाहिर बजार पसलमा गएर बाँकी ल्याउन पनि टोलका सबैजसो सङ्क्रमित हुँदा समस्या प¥यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]