१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

कोरोनाको मध्यनजर गर्दै जनमत पार्टीले जनचेतनासहित माक्स वितरण गर्दै

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ जेष्ठ । कोरोना भाइरसको दोस्रो लहरले सामुदायीक स्तरमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीले कोरोनाबाट बचनको लागि जनचेतना जगाउनुको साथै  माक्स वितरण गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ४ स्थित दलित बस्तिमा घर घरमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कोरोना भाइरसबाट बचनको लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गर्नको लागि आग्रह गर्दै माक्स वितरण गरेका छन् ।

कोरोना भाइरसबाट बचनको लागि सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश सहित जनमत पार्टीले मास्क वितरण गरिएको विद्यार्थी नेता दिप यादवले बताए ।

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बचनको लागि समय समयमा साबुन पानिले हाथ धुनुपर्ने ,आवस्यक काम बाहेक बाहिर नजाने ,कतै गएमा सामाजिक दुरी कायम गरेर कुरा गर्ने ,जादा भीडभाडमा नजाने जस्ता कुराहरु सर्वसाधारणमा जनचेतनाका जगाउनुको साथै करिव २ हजार माक्स वितरण गरिएको पार्टीले बताए ।

सो माक्स वितरण र जनचेतना कार्यक्रममा जनमत पार्टीका सहयात्री ई राजदेव खर्गा ,पार्टीका कल्याणपुर नगरपालिकाका अध्यक्ष रबिन्द्र ठाकुर ,पार्टीका कल्याणपुर नगरपालिकाका उपाध्यक्ष माला यादव , पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]