१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

कोरोनाको मध्यनजर गर्दै जनमत पार्टीले जनचेतनासहित माक्स वितरण गर्दै

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ जेष्ठ । कोरोना भाइरसको दोस्रो लहरले सामुदायीक स्तरमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीले कोरोनाबाट बचनको लागि जनचेतना जगाउनुको साथै  माक्स वितरण गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ४ स्थित दलित बस्तिमा घर घरमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कोरोना भाइरसबाट बचनको लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गर्नको लागि आग्रह गर्दै माक्स वितरण गरेका छन् ।

कोरोना भाइरसबाट बचनको लागि सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश सहित जनमत पार्टीले मास्क वितरण गरिएको विद्यार्थी नेता दिप यादवले बताए ।

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बचनको लागि समय समयमा साबुन पानिले हाथ धुनुपर्ने ,आवस्यक काम बाहेक बाहिर नजाने ,कतै गएमा सामाजिक दुरी कायम गरेर कुरा गर्ने ,जादा भीडभाडमा नजाने जस्ता कुराहरु सर्वसाधारणमा जनचेतनाका जगाउनुको साथै करिव २ हजार माक्स वितरण गरिएको पार्टीले बताए ।

सो माक्स वितरण र जनचेतना कार्यक्रममा जनमत पार्टीका सहयात्री ई राजदेव खर्गा ,पार्टीका कल्याणपुर नगरपालिकाका अध्यक्ष रबिन्द्र ठाकुर ,पार्टीका कल्याणपुर नगरपालिकाका उपाध्यक्ष माला यादव , पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]