२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

गैर आवासीय मधेशी संघद्वारा गगनदेव परिवारलाई ६२ हजार आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० जेष्ठ । वैदेशिक रोजकारको क्रममा साउदी अरेबियामा मृत्यु भएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरको छ ।

करिब ६ महिना अगाडि कामकै सिलसिलामा ज्यान गुमाएका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ का गगनदेव राय यादवको परिवारलाई जनमत पार्टीका महासचिव चन्दन सिंहको पहलमा गैर आवासीय मधेशी संघको सहयोगमा गगन देवको लाश घर पठाएको थियो।

सोही क्रममा महासचिव सिंहले गैर आवासीय मधेशी संघ साउदीका प्रतिनिधिहरूलाई गगनदेवको घरको अवस्था आर्थिक रुपमा कमजोर रहेको जानकारी गराएका थिए । त्यसपछि एनआरएमएका प्रतिनिधिहरूले आ– आफ्नो स्तरबाट संकलन गररे नेपाली रुपैयाँ ६२ हजरा महासचिव चन्दन सिंहको नाममा पठाइएको थियो।

सो रकम करिब एक हप्ता अगाडि पठाएको थिए । तर महामारीका कारण ग्रामीण भेगका बैंकहरू बन्द रहेकोले रकम निकालनमा निकै कठिनाई भएकोले रकम प्रदानमा समेत ढिला भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

आइतबारबार गगनदेव राय यादवको घर पुगेर जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कोरोना भाइरसको मध्यनजर गर्दै भिडभाड नगरी ६२ हजार रकम गगनदेवको श्रीमती र उनका छोरा सुधामा यादवलाई गैर आवासीय मधेशी संघ साउदीले पठाएको रकम महासचिव चन्दन सिंहले हस्तान्तरण गरको  छ ।

सो रकम हस्तान्तरण गर्न जनमत पार्टीका नेता सिंहेश्वर मण्डल र जनमत पार्टीका वडाध्यक्ष संतोष ठाकुर पनि पुगेका थिए ।

गगनदेवको परिवारलाई आफ्नो परिवार सम्झिएर एक एक रुपैया गररे जति जना सहयोग गर्न‘ र गैर आवासीय मधेशी संघका सम्पुर्ण प्रतिनिधिहरूलाई जनमत पार्टीका महासचिव सिंहले धन्यवाद समेत दिएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]