०२ कार्तिक २०८२, आइतबार
19-10-2025 , Sun
×

स्वास्थ्य सामग्री खरीद गर्न सरकारले गरे १२ अस्पतालको रकम निकासा

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ ।

अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो ।

यसरी रकम प्राप्त गर्नेमा त्रिवि शिक्षण अस्पतालल रु ८० लाख, जिल्ला अस्पताल चौतारा रु ७५ लाख, जिल्ला अस्पताल दैलेख रु ७५ लाख, जिल्ला अस्पाताल धनकुटा रु ७५ लाख, जिल्ला अस्पताल जलेश्वर रु ७५ लाख, जिल्ला अस्पताल इलाम रु ७५ लाख रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभा रु ८० लाख, रामेछाप अस्पताल रु ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिम रु ७५ लाख, टिकापुर अस्पताल कैलाली रु ७५ लाख, ओखलढुङ्गा अस्पताल रु २५ लाख र व्यास अस्पतालका रु २५ रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ंख्या मन्त्रालयले माग अनुसार अर्थ मन्त्रालयले कोभिड –१९ नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]