०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेशी एकता समाजको केन्द्रिय कार्यसमिति गठन ,वरिष्ठ सल्लाहकार डा. यादव

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ११ जेष्ठ ।वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दै आइरहेका मधेशीहरुले “मधेशी एकता समाज” नामक सामाजिक संस्था गठन गरिएको छ।

दुबईमा बस्दै आएका मधेशीहरुले एक कार्यक्रम बिच मुकेश झाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति गठन गरेका हुन ।

विदेशमा भएपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, विभिन्न दु:खसुखमा साथ दिने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको अध्यक्ष झाले जानकारी दिनुभएको छ।

मधेशी हकअधिकारका साथै मधेशको कला, साहित्य, तथा संस्कृति प्रति समर्पित संगठनको पहिलो सभा दुबईमा सम्पन्न भएको हो । साथै मधेशी एकता समाज विश्वव्यापीरुपमा विस्तार गर्दै शाखा कार्यालयहरुसमेत खोलिने उनले जनाए ।

समाजको उपाध्यक्षमा लाल बाबु सिंह, कृष्णा ठाकुर, धर्मेन्द्र गोहियार, राम पुकार राउत, आयाज अन्सारी, महासाचिवमा मो शहनबाज हुसैन, कोषाध्यक्षमा अनिलकुमार साह, सचिवमा अमित साह, रोशन देव, मुकेश यादव, राधे यादव, राम साह, दिपेन्द्र पाजियार, मनोज यादव विशेष सचिवमा आई.टी. संयोजक ललित राय, सामाजिक संजाल संयोजक हरिदेब शर्मा, सांस्कृतिक संयोजकमा पप्पु यदाव, युवा संयोजकमा मुकेश जयसवाल रहेका छन् । प्रवक्तामा सन्तोष कुमार ठाकुर चयन भएका छन् ।

यसैगरी सदस्यहरु प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन् । यो संस्था नेपालमा पनि दर्ता गरिने जनाइएको छ ।

समाजले मधेशमा बोलिने सबै भाषा, धर्म र जातिलाई समान स्थान दिने, सबै राजनीति विचारधारासँग समदूरी कायम गरेर सहकार्य गर्ने, मूलभूत रुपमा यो संस्था कुनै पनि पार्टी विशेषको विचारधारालाई समर्थन गर्ने वा विरोध नगर्ने अध्यक्ष झाले प्रष्ट पारेका छन् ।

समाजको मुख्य उदेश्यहरु मधेशमा समाज उत्थानका लागि अग्रगामी जागरण तथा जनचेतना बढाउने कार्यक्रम, मधेशको हकअधिकार सुनिश्चित गर्ने कार्यक्रम, प्राकृतिक अपादामा सहयोग, शिक्षाको प्रवर्धन, सिप विकाश, कृषिमा आधुनिकीकरणमा सहयोग आदि कार्यक्रम गर्ने भनि सङ्गठनका बरिष्ठ सल्लाहकार डा. रबिन्द्र कुमार यादवले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]