०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

क्यान्सर अस्पतालमा अक्सिजन अभाव

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
चितवन ,११ जेष्ठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ ।

पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ ।

अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १ सय ४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयु ४०, आइसीयु ११ र ३ भेन्टिलेटर छन् ।

कोभिडको दोस्रो महामारी लगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सर बाहेकका अन्य कोरोना सङ्क्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो ।

अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशाला समेत छ । अहिलेसम्म जेनेतेन अक्सिजनको व्यवस्थापन गरिरहेको बताउँदै कार्यकारी निर्देशक डा। देजकुमार गौतमले भन्नुभयो, “बिरामी थपिदै जाँदा चुनौति पनि थपिदै गएको छ ।” उहाँका अनुसार अधिकांश सङ्क्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् ।

अहिले हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो । “अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।”

उहाँले आवश्यक उपकरण थप गर्दै सङ्क्रमितको उपचारलाई सहज बनाइने बताउनुभयो । अक्सिजन लिक्युड प्लाण्ट जडानका लागि बोलपत्र प्रक्रिया अघि बढेको गौतमले जानकारी दिनुभयो ।

सो प्लाण्ट सञ्चालनमा आउन करिब २ महिना लाग्ने देखिन्छ । सो प्लाण्टले एकै पटकमा १ सय ५० सिलिण्डर भर्न सक्नेछ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार अस्पतालमा ३६ जना एचडीयुमा, ७ जना आइसीयु २ जना भेन्टिलेटरमा सङ्क्रमित उपचारमा रहेका छन् ।

कोभिड वार्डबाट हालसम्म २१ जना डिस्चार्ज भएका छन् । १७ जनाले ज्यान गुमाएका छन् । “हामीसँग १–२ घण्टाको पनि रिजर्व गर्ने क्षमता छैन”, शर्माले भन्नुभयो “अक्सिजन लिन गएको गाडी बीच बाटोमै बिग्रेमा वा प्लाण्टमा केही ढिलो भएमा यता बिरामी थप जोखिममा पुग्ने अवस्था छ, यस्ता समस्या दिनहुँ भोगिरहेका छौँ ।”

स्थानीय प्रशासनले समन्वय गरिदिए मात्रै कोभिडका जटिल बिरामीको उपचार गर्न सक्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]