०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

युवा जनमत संघद्वारा मृतक महरा परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ जेष्ठ ।धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ८ स्थित मुराबारीमा क्यान्सरबाट मृत्यु भएका परिवारलाई युवा जनमत संघले आर्थिक सहयोग गरेको छ ।

डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन युवा जनमत संघमा कतार ,दुबई र मलेसियामा आवद्ध रहेका युवाहरुले नेपाली २८३१० रुपैया क्यान्सरबाट मृत्यु भएका राजकिशोर महरा परिवारलाई सहयोग गर्नको लागि पठाएको थियो ।

मंगलबार जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरु महराको घर पुगेर रहम हस्तान्तरण गरेको गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिती सदस्य धनबिर ठाकुरले जानकारी दिएका हुन।

जनमत पार्टीका जिल्ला संयोजक दिपनारायण यादव क्षेत्र नम्बर १का क्षेत्रीय संयोजक बालकृष्ण साह र संघका अन्तर्राष्ट्रिय समिती सदस्य धनबिर ठाकुरको उपस्थितिमा राजकिशोर महराको श्रीमतीलाई २८३१० रुपैया हस्तान्तरण गरेको थियो।

महराको घरको अबस्थामा आर्थिक रुपमा पुरै कमजोर रहेको कारणले घर परिवार चलाउनको लागि आर्थिक सहयोग गरेको युवा संघका प्रतिनिधि महेश महतोले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]