२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

अस्पताल सुविधासम्पन्न हुने जनताको आश

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,१२ जेष्ठ । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल रु ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ ।

जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै सर्वसाधारण जनतामा अब गुणस्तरीय सेवा थपिने आश बढेको हो । जलेश्वर अस्पतालले अहिले महाव्याधि सङ्क्रमणका बेला पिसिआर परीक्षण र कोभिड–१९ उपचार सेवा दिँदै आएको छ ।

सरकारले तत्काल सेवा बढाउन उपलब्ध गराउने भनिएको रकमबाट अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याङ्क, एचडीयू जडान र पिसिआर मेसिन खरिद गर्न सकिने जनाइएको छ । अहिले कोभिड–१९ महाव्याधिसँग जुध्नुपरेका बेला रु ७५ लाखले धेरै काम हुन नसक्ने भएको हुँदा एचडीयू सेवा विस्तारमा लगाइने जलेश्वर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डे बताउनुहुन्छ ।

“हाम्रो अस्पतालमा प्रदेश नं २ सरकारबाट प्राप्त बजेटले अक्सिजन प्लान्ट निर्माणको काम अघि बढेको छ, अक्सिजन आपूर्ति पाइप लाइन जडानको काम पनि हुँदैछ, पिसिआर मेसिन पनि हामीसँग चालु अवस्थामा छ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “अब सरकारले दिने भनेको रु ७५ लाख एचडीयू सेवा विस्तारमा लगाउन सकिन्छ ।” हाल १५ शय्याको एचडीयू सेवालाई बढाउन आवश्यक रहेको पाण्डेको भनाइ छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरसहितका १२ वटा अस्पतालका लागि थप रु आठ करोड १० लाखको सहमति दिएको छ । यसअनुसार जलेश्वर अस्पताललाई रु ७५ लाख छुट्याइएको हो । सरकारले छुट्याएको रकम आइपुग्न र त्यसको खर्च प्रक्रिया कस्तो हुने अझै स्पष्ट भने हुन नसकेको अध्यक्ष पाण्डे बताउनुहुन्छ ।

अर्थ मन्त्रालयले विभिन्न अस्पतालका लागि हालै स्वीकृत गरेको रु आठ करोड १० लाख रकममध्ये जलेश्वर अस्पतालका अतिरिक्त त्रिवि शिक्षण अस्पताललाई रु ८० लाख, जिल्ला अस्पताल चौतारालाई रु ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई रु ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई रु ७५ लाख र जिल्ला अस्पताल इलामलाई रु ७५ लाख रहेको छ । यस्तै जिल्ला अस्पताल सङ्खुवासभालाई रु ८० लाख, रामेछाप अस्पतालका लागि रु ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमका लागि रु ७५ लाख, टीकापुर अस्पताल कैलालीका लागि रु ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि रु २५ लाख र व्यास अस्पतालका लागि रु २५ लाख रहेको उल्लेख छ ।

अहिले कोभिड–१९ महाव्याधिले आक्रान्त बनाएका बेला बढीभन्दा बढी यसको नियन्त्रण, प्रभावकारी उपचार र प्रबन्धमा केन्द्रित हुनुपर्ने जिल्लाका बुद्धिजीवी बताउँछन् । अहिले प्राप्त हुने बजेट र अन्य सहयोग अस्पतालको सेवा र दक्षता वृद्धिमा केन्द्रित गर्न आवश्यक रहेको जलेश्वर–५ का बासिन्दा नेपाली कांग्रेस महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ ।

जलेश्वर अस्पताललाई व्यवस्थित गर्नुपर्नेलगायतका पाँच बुँदे माग राख्दै गत शनिबार जलेश्वरका केही युवाले प्लेकार्ड देखाउँदै केहीबेर शान्तिपूर्ण साङ्केतिक धर्ना गरेका थिए । जलेश्वर अस्पताललाई ५० शय्याको बनाउनुपर्ने, प्रदेशबाट पठाइएका चिकित्सक तुरुन्त हाजिरी हुनुपर्ने, सरुवा रोग अस्पतालको दरबन्दी कायम हुनुपर्ने, कोभिड–१९ को बिरामीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको सहभागीमध्येका सत्येन्द्र यादवको भनाइ थियो ।

जिल्लामा यसपालि गत वैशाख दोस्रो सातासँगै दोहोरिएर बढेको कोभिड–१९ महाव्याधिले मङ्गलबार अबेर साँझसम्म ६२ जनाको ज्यान लिइसकेको छ । यीमध्ये तीन जनाको मृत्यु मङ्गलबार भएको हो । यस महाव्याधिको सङ्क्रमणमा परेका यसपालि ९२०७८० हालसम्म एक हजार ९२५ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये एक हजार ६०८ जनामा सक्रिय सङ्क्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा निको हुनेको सङ्ख्या दिनदिनै थपिँदै गएको छ । यसपालि हालसम्म २५५ उपचारले निको भएर घर फर्केका छन् । यसअघि विसं २०७७ वैशाखदेखि कात्तिकसम्म यो महाव्याधिले १८ जनाको ज्यान लिएको थियो भने दुई हजार १४१ सङ्क्रमित भएका थिए ।

जिल्लामा जेठ दोस्रो साता प्रारम्भदेखि सङ्क्रमण सङ्ख्या घट्दै गएको छ । जिल्लामा निषेधाज्ञाको अवधि बढाइँदै लगेर कडाइ गर्दै लगेपछि सकारात्मक असर देखिन लागेको स्वास्थ्यकर्मी बताउँछन् । बाह्य आवागमन ठप्प भएर स्वास्थ्य सचेतताका मापदण्ड पूर्णतः परिपालना हुन÷गराउन सके महाव्याधि नियन्त्रण चाँडै हुनसक्ने स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]