१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

प्रदेश २मा आफ्नो शिक्षा ऎन बनाउन माग गर्दै , मुख्यमन्त्री कार्यलय अगाडि अस्थायी शिक्षक धर्नामा

Logo
प्रकाशित शुक्रबार, आषाढ २०, २०७६

जनकपुरधाम । प्रदेश २ मा आफै शिक्षा ऎन बनाउन माग गर्दै अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि आज धर्नामा बसेका थिए।अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको जागीर खोसिए र मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको बताए।त्यसैगरी यादवले भने संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई बुढेशकालमा सडकमा आन्दोलन गर्न वाध्य बनाएको आरोप लगाउंदै असार २२ गतेसम्म धर्ना कार्यक्रमलाई जारी राख्दै त्यसपछि प्रदेश २का सरकार अस्थायी शिक्षकहरु माग प्रतीध्यान जादैन भने कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन।धर्नाकार्यक्रममा सहभागी भएका राष्ट्रिय शिक्षक संगठन नेपालका धनुषा अध्यक्ष योगेन्द्र महतले भने संघीय सरकारले मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको भन्दै प्रदेश २मा आफ्नै शिक्षा ऎन बनाउन माग गरेको छ।त्यसैगरी पेशाको ग्यारेन्टी र काठमाडौमा प्रदेश २ का शिक्षक माथी आन्दोलनमा लाठीचार्ज गरेका थिए आन्दोलनको क्रममा घाइते भएको शिक्षकहरुलाई औषधी उपचारको व्यवस्थाको माग गर्दै आन्दोलन परिचालन समितिको अगुवाईमा शिक्षकहरुले शुक्रवार बिहान ११ बजेदेखि दिउंसो ४ बजेसम्म धर्नामा बसेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]