१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

प्रदेश २मा आफ्नो शिक्षा ऎन बनाउन माग गर्दै , मुख्यमन्त्री कार्यलय अगाडि अस्थायी शिक्षक धर्नामा

Logo
प्रकाशित शुक्रबार, आषाढ २०, २०७६

जनकपुरधाम । प्रदेश २ मा आफै शिक्षा ऎन बनाउन माग गर्दै अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि आज धर्नामा बसेका थिए।अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको जागीर खोसिए र मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको बताए।त्यसैगरी यादवले भने संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई बुढेशकालमा सडकमा आन्दोलन गर्न वाध्य बनाएको आरोप लगाउंदै असार २२ गतेसम्म धर्ना कार्यक्रमलाई जारी राख्दै त्यसपछि प्रदेश २का सरकार अस्थायी शिक्षकहरु माग प्रतीध्यान जादैन भने कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन।धर्नाकार्यक्रममा सहभागी भएका राष्ट्रिय शिक्षक संगठन नेपालका धनुषा अध्यक्ष योगेन्द्र महतले भने संघीय सरकारले मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको भन्दै प्रदेश २मा आफ्नै शिक्षा ऎन बनाउन माग गरेको छ।त्यसैगरी पेशाको ग्यारेन्टी र काठमाडौमा प्रदेश २ का शिक्षक माथी आन्दोलनमा लाठीचार्ज गरेका थिए आन्दोलनको क्रममा घाइते भएको शिक्षकहरुलाई औषधी उपचारको व्यवस्थाको माग गर्दै आन्दोलन परिचालन समितिको अगुवाईमा शिक्षकहरुले शुक्रवार बिहान ११ बजेदेखि दिउंसो ४ बजेसम्म धर्नामा बसेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]