१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१५ जेष्ठ । विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

मन्त्री ज्ञवालीले नेपालमा खोप निर्यात गर्ने देशहरूले १० दिनभित्रै औपचारिक जानकारीसमेत दिने बताए। ‘हप्तारदस दिनभित्रै ब्रेक थ्रु आउनेछ,’ उनले भने, ‘मन्त्रालयबाट खोप उत्पादन गर्ने देश र उत्पादन गर्ने कम्पनीसँग कूटनीतिक पहल नियमित रूपमा भइरहेको तथा अमेरिका र चीन छिट्टै खोप उपलब्ध गराउने तयारीमा देखिएको छ।’

खोप उपलब्ध गराउने देश चीनले बुधबार चाँडै नै १० लाख खोप अनुदानमा दिने र अन्य समन्वय गर्ने घोषणा गरिसकेको छ भने अमेरिका कूटनीतिक स्तरमा सहमत भए पनि अमेरिकी कानुनी प्रक्रियामा अघि बढिरहेको मन्त्री ज्ञवालीले बताए। अमेरिकाले खोप निर्यात गर्नुअघि अमेरिकी औषधि नियन्त्रण विभाग, सुरक्षा निकाय र फुड एन्ड ड्रग्स कम्पनीले अनुगमन गरी अनुमति दिनुपर्छ। ‘अमेरिका अहिले यी प्रक्रिया पूरा गर्ने क्रममा छन्,’ उनले भने।

मन्त्री ज्ञवालीका अनुसार आफ्ना नागरिकका लागि भनी आयात गरिएको अस्ट्राजेनिका खोप नलगाई अरू खोप दिइएकाले अमेरिकामा ६ करोड डोज भण्डारण गरिएको छ। नेपालले अमेरिकासँग त्यही खोप माग गरेको हो। अस्ट्राजेनिकाबाहेक अमेरिकी कम्पनी जोनसोन एन्ड जोनसनको खोप लिने पहल भएको छ। मन्त्री ज्ञवालीका अनुसार अमेरिकाबाट ५० लाख डोज जोनसोन एन्ड जोनसोनको खरिद गरी ल्याउने समन्वय भइरहेको छ।

छिटो खोप उपलब्ध गराउने चीनले पनि अनुदानको १० लाखबाहेक ५० लाख भेरोसेलमको खोप उपलब्ध गराउने भएको छ। तर दुवै देशले थप डोजबारे औपचारिक घोषणा गरेका छैनन्। जोनसोन एन्ड जोनसनको खोप एक डोज मात्र लगाइने भएकाले खोप अभियानको लागत कम लाग्ने र खरिद मूल्य पनि सुपथ हुन सक्ने देखिएकाले नेपाल उक्त खोप खरिद गर्ने तयारीमा रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा। तारानाथ पोखरेलले बताए।

भारतबाट ‘कोभिसिल्ड’ रोकिएपछि मन्त्रालयले नेपालमा पहिलो डोज खोप लिएर बसेका ६५ वर्षमाथिका नागरिकलाई विकल्पमा अस्ट्राजेनिकाकै खोप दिन लागिएको र त्यो खोप उत्पादन गर्ने देश बेलायत, अमेरिका, रुसलगायतसित १७ लाख डोजका लागि पहल गरेको हो। अहिलेको स्थितिमा अस्ट्राजेनिकाको खोप छिटो उपलब्ध गराउन सक्नेमा अमेरिका देखिएको मन्त्री ज्ञवालीले संकेत गरे। ‘अरू देशहरूबाट पनि खोप लिने कुरामा सकारात्मक संवाद भइरहेको छ,’ उनले भने। खोपका लागि नेपाल सरकारले ३६ अर्ब बजेट सुनिश्चित गरिसकेकाले विश्व बजारमा खोप उपलब्ध भएसम्म सन् २०२१ भित्रै ७२ प्रतिशतलाई खोप लगाइसक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सबै देशसँग नियमित रूपमा कूटनीतिक पहल भए पनि विश्व बजारमा खोप उत्पादन र मागको असन्तुलन, खोप उत्पादन र वितरणको असमानताले विकासशील देशहरूलाई खोपको संकट परिरहेको स्थिति रहेको मन्त्री ज्ञवालीले बताए। तथ्यांकअनुसार विश्वका १५ देशले ९५ प्रतिशत खोप ओगेटेका छन् भने विश्वका १ सय ६० देशले ५ प्रतिशत खोपको भरमा अभियान सुरु गरेका छन्। चीन र अमेरिकाबाहेक रुस र बेलायत पनि खोप खरिदका लागि प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि कोभिड–१९ विरुद्धको खोप सिधै खरिद गर्न नेपालको ऐनले बाधा पारेकोमा गत साता ल्याइएको कोभिड १९ विरुद्धको खोप अध्यादेशले नियममा भएका अवरोध हटाएको छ। सो अध्यादेशले कोभिड–१९ विरुद्धको खोप उत्पादक कम्पनीसित सिधै खरिद व्यवस्था गरेको छ र खोप समन्वय समिति गठन गरिसकेको छ।नागरिक दैनिकमा पवित्रा सुनारले लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]