०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१५ जेष्ठ। सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका २ तेतरिया सुनुवारटोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ ।

झगडापछि सुतेका उनी विहान मृत्यु भएको अवस्थामा देखिएको थियो । मृत्युभएको हल्ला चेलेपछि गाउँलेले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जानकारी दिए ।

दुवैजना मदिरा सेवानगरी बिहीबार राती झगडा हुँदा श्रीमानले कुटपिटगरी घरको भित्तामा हुत्याउँदा टाउकोमा चोट लागेको थियो । टाउकोको चोटकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शप पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताकि २छोरि हरेको स्थानीय रबि सदाले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]