०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

२ नम्बर प्रदेशमा सबैभन्दा बढी बजेट सिरहा नगरपालिकालाई ६६ करोड ३३ लाख

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

सोम दियाली
जनकपुरधाम,१६ जेष्ठ ।अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमा धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानरपालिकाले पाएको छ ।

घोषित बजेट अनुसार जनकपुरधाम उपमहानगरपालिकाका लागि ९० करोड ८० लाख बजेट छुट्याइएको छ । जुन प्रदेश २ का तीन उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो । प्रदेश २ को कलैया उपमहानगरपालिकाले ८१ करोड ८८ लाख बजेट पाएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाले ७५ करोड ९९ लाख बजेट पाएको छ । वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४५ खर्ब ४० करोड बजेट पाएको छ ।

त्यस्तै जिल्लाका उपमहानगरबाहेकका ११ नगरपालिकामध्ये सबैभन्दा बढी मिथिला नगरपालिकाले ४० करोड ३६ लाख पाएको छ भने सबैभन्दा कम मिथिला विहारी नगरपालिकाले २७ करोड ८७ लाख बजेट प्राप्त गरेको छ ।

त्यस्तै नगरपालिकामध्ये दोश्रो नम्बरमा धेरै बजेट पाउने सबैला नगरपालिका रहेको छ ।उसले ३७ करोड २५ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै तेश्रो नम्बरमा धनुषाधाम नगरपालिकाले ३६ करोड २३ लाख बजेट पाएको छ भने त्यसपछि क्रमशः सहिदनगर नगरपालिकाले ३५ करोड ३६ लाख, हंसपुर नगरपालिकाले ३२ करोड ७० लाख, बिदेह नगरपालिकाले ३१ करोड ९७ लाख, क्षिरेश्वर नगरपालिकाले ३१ करोड २४ लाख, गणेशमान चारनाथ नगरपालिकाले ३० करोड ८१ लख, नगराईन नगरपालिकाले ३० करोड २६ लाख, कमला नगरपालिकाले २८ करोड ७८ लाख बजेट प्राप्त गरेका छन् ।

त्यस्तै धनुषाका ६ ओटा गाउँपालिका मध्ये सबैभन्दा बढी जनकनन्दिनी गाउँपालिकाले २९ करोड ५० लाख पाएको छ भने सबैभन्दा कम धनौजी गाउँपालिकाले २३ करोड १७ लाख बजेट पाएको छ । त्यस्तै दोश्रोमा लक्ष्मीनियाँ गाउँपालिकाले २४ करोड ९८ लाख, तेश्रोमा औरही गाउँपालिकाले २४ करोड ९१ लाख बजेट पाएको छ ।

त्यसपछि क्रमशः बटेश्वर गाउँपालिकाले २४ करोड ६५ लाख, मुखियारपट्टी मुसहरनियाँ गाउँपालिकाले २३ करोड ८५ लाख बजेट प्राप्त गरेका छन् । धनुषामा एक उपमहानगरपालिकासहित ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेका छन् ।

त्यस्तै प्रदेश २ मा सबैभन्दा बढी बजेट प्राप्त गर्ने नगरपालिकामा सिरहाको सिरहा नगरपालिका रहेको छ । सिरहा नगरपालिकाले ६५ करोड ३३ लाख बजेट पाएको छ भने दोश्रोमा सिरहाकै लहान नगरपालिकाले ६२ करोड ८२ लाख बजेट पाएको छ ।

त्यस्तै तेश्रोमा रौतहटको चन्द्रपुर नगरपालिका रहेको छ । उसले ५८ करोड ९ लाख बजेट प्राप्त गरेको छ । चन्द्रपुरपछि सप्तरीको राजविराज नगरपालिकाले सबैभन्दा धेरै बजेट प्राप्त गरेको छ । उसले राजविराज नगरपालिकाले ५७ करोड ४८ लाख बजेट प्राप्त गरेको छ । त्यसपछि महोत्तरीको बर्दिबास नगरपालिकाले ५७ करोड ३६ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाले ५५ करोड ८९ लाख बजेट प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]