२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

इस्लामको थैलो खाली भएपछि पेट भोक्कै

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

नानीमैया कटवाल
राजविराज ,१६ जेष्ठ । सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ ।छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा नहालेर ल्याएमा उहाँ चियामात्रै पिउनुहुन्न ।

दुःखको कुरा, हिजोआज इस्लामले चिया र भुजा खाएर नै पेट भर्ने गर्नुहुन्छ । लकडाउन अघिसम्म दाल, भात तरकारीले उहाँको पूरै परिवारको पेट भरिन्थ्यो । लकडाउनले आम्दानी खोसिएपछि चिया र भुजाले पेट भर्ने गरेको उहाँले बताउनुभयो ।

भारतको मधुबनी नरैया विवाह गरेर दिएकी छोरीको श्रीमानको १० वर्षअघि मृत्युभयो । उहाँको जेठाजु, देवरले साथ, सहयोग गरेनन्, सासुससुराले पाल्न सकेनन् । दुःख पाएर प्रवीणा चार सन्तानसहित माइतघर फर्किनुभयो । इस्लामको श्रीमतीको तीन वर्ष अघि मृत्यु भएपछि उहाँ छोरी, नाती, नातिनीको संरक्षण गर्दै बस्नुभएको छ । सासुससुरालाई पाल्न कर नलागे पनि आफूले जन्माएको छोरीलाई कसरी अलपत्र छाड्नु भनेर सँगै राखेको उहाँले बताउनुभयो ।

भारतको जोगबनीबाट आएका इस्लामले राजविराजमा निकै काम खोज्नुभयो । कुनै काम नपाएपछि दिदी सकिना खातुनले गर्दै आएको कवाडी संकलनको काम रोज्नुभयो । उहाँ काँधमा ठूलो थैलो बोकेर विराटनगर, इटहरी, झुम्का, इनरुवा, राजविराज ओहोरदोहोर गरिरहनु हुन्छ । त्यो काममा उहाँसँगै नातीहरूले पनि पालो लगाएर सहयोग गर्छन् । प्लाष्टिक, पन्नी, कार्टुनहरू खोज्न शहर–शहर डुलेर कवाडी संकलन गर्ने उहाँको पेशा लकडाउनसँगै बन्द भएको छ ।

डेरा लिएको एक कोठे भ्रmुपो घरमा चार बालबालिकासहित बुवा र छोरी बस्छन् । कोठा अगाडि ठूला–ठूला बोरोका थैलो राखिएका छन् । त्यसैमाथि निन्याउरो अनुहार लगाएर चारै जना नाती नातिनीहरू बसेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेपछि गत वैशख २५ गते रातिदेखि सप्तरीमा निषेधाज्ञा जारी छ । औषधिलगायत अत्यावश्यकीय सेवाबाहेक सबै सेवाहरू ठप्प छन् । सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प छ । सवारीसाधन बन्द रहेकाले वायु र ध्वनी प्रदुषण हुन पाएको छैन । पसलहरू बन्द रहेकाले सडक फोहोर भएको छैन् । बजार सुनसान रहँदा इस्लामको रित्तो थैलो पनि कवाडीले भरिन पाएको छैन । रित्तो थैलो नभरिएकाले उहाँको परिवारको पेट पनि खाली रहन थालेको छ ।

सरकारले नागरिकलाई घर बाहिर नआउन गरेको आग्रह अटेर गर्दै इस्लाम साँझ विहानका लागि खानाको जोहो गर्न अहिले पनि बजार निक्लन खोज्नुहुन्छ । ‘सरकारको आग्रह त मान्नुपर्ने हो तर के गर्नु सरकारको आग्रहले भोको पेट भरिदैन्’ उहाँले नाती, नातिनीतर्फ पुलुक्क हेरेर भन्नुभयो । नियम नमान्ने माथि प्रहरीले डण्डा वर्साउने र जरिवाना तिराउने गरेको सुनेका इस्लामले भन्नुभयो, ‘‘यो कवाडी उठाउने मान्छे हो भनेर होकी रु प्रहरीले जरिवाना तिराउने र डण्डा वर्साउने काम गरेको छैन ।’’ बजार निक्लिदा कुनै ठाउँमा प्रहरीले हप्काएपछि भने उहाँ डेरा फर्कनुहुन्छ । भित्री बस्ती र टोल छेउ–छाउका गल्ली–गल्ली भने डुल्न त्यति समस्या छैन । इस्लाम भन्नुहुन्छ– ‘‘बजारमा पसलले फ्याँक्ने गरेको प्लाष्टिक र कार्टुनले एक दिनमै थैलो भरिन्थ्यो, अहिले त चार दिन खोजे पनि थैलो भरिदैन ।’

निषेधाज्ञापछि कवाडी संकलन गर्न मात्र होइन कवाडी किन्ने पसलसम्म पु¥याउन पनि समस्या छ ।आर्थिक वर्षमा सरकारले कस्तो बजेट ल्यायो भनेर इस्लाम परिवारलाई कुनै चासो छैन । इस्लामलाई त मात्र चासो छ, कवाडी बोक्ने थैलो बोकेर कहिले बजार जान पाइन्छ रु

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]