१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

भारतमा घट्दै कोरोना संक्रमित, मृत्युदर पनि घट्दो

Logo
प्रकाशित सोमबार, जेठ १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ जेष्ठ। भारतमा भयावह रुपमा फैलिएको कोरोनाभाइरसको दोस्रो लहर केही दिन यता घट्दै गएको देखिएको छ। संक्रमण घटेपनि मृत्यु दर घट्न सकेको थिएन तर दुई,तिन दिन यता मृत्युदर पनि घट्दै गएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्। मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो साताभन्दा झन्डै पाँच हजार कम हो। मार्चको पहिलो सातादेखि बढ्न थालेको भारतको मृत्युदर त्यसयता लगातार बढेको बढ्यै थियो ।

पछिल्लो समय दैनिक संक्रमण घटे पनि भारतमा मृत्युदर भने ४ हजारको आसपासमा रहिरहेको थियो । आइतबार भने भारतमा दैनिक संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि निकै तल झरेको छ। भारतभर आइतबार १ लाख ५३ हजार संक्रमित थपिएका छन्। बितेका ५० दिनमा आइतबार सबैभन्दा कम संक्रमित थपिएका हुन्।

त्यस्तै आइतबार ज्यान गुमाउने संक्रमितको संख्या २ हजार ७ सय २२ छ। यो अप्रिल २७ यताकै सबैभन्दा कम संख्या हो। भारतका यि राज्यहरुमा सिक्किम, मणिपुर, अरूणाञ्चल, मिजोरम लगायतका स्थानमा भने कोरोना संक्रमित बढेका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]