१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

नेता उज्ज्वल थापाको निधन

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ जेष्ठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। उपचारमा सम्लग्न एक चिकित्सकले थापाको निधन भएको पुष्टि गरे।

‘हामीले सकेजति कोसिस गरेका थियौ। तर, उहाँको आज उपचारका क्रममा निधन भयो,’ ती चिकित्सकले भने।

दुई साताअघि कोरोना संक्रमित भएपछि उनलाई सुरुमा ह्याम्स अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई ग्राण्डी अस्पताल र त्यसपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोना नेगेटिभ आए पनि अवस्था गम्भीर बनेको थियो।

थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन एक्मो विधिमार्फत् उपचार गरिएको थियो। उनको अवस्था गम्भीर भएको समाचार सार्वजनिक भएपछि उनको उपचारका लागि सहयोग रकम जम्मा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]