०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

नेता उज्ज्वल थापाको निधन

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ जेष्ठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। उपचारमा सम्लग्न एक चिकित्सकले थापाको निधन भएको पुष्टि गरे।

‘हामीले सकेजति कोसिस गरेका थियौ। तर, उहाँको आज उपचारका क्रममा निधन भयो,’ ती चिकित्सकले भने।

दुई साताअघि कोरोना संक्रमित भएपछि उनलाई सुरुमा ह्याम्स अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई ग्राण्डी अस्पताल र त्यसपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोना नेगेटिभ आए पनि अवस्था गम्भीर बनेको थियो।

थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन एक्मो विधिमार्फत् उपचार गरिएको थियो। उनको अवस्था गम्भीर भएको समाचार सार्वजनिक भएपछि उनको उपचारका लागि सहयोग रकम जम्मा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]