२७ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
×

नक्कली नोट ८ हजार र ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९जेष्ठ । नेपाली नक्कली नोट र लागुऔषध ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ परेका छन्।

मंगलरबा राति ११ बजे झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित राधे होटल एण्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगर खरीद विक्री भइरहेको सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी बस्ने वर्ष ३२ का पूर्ण बहादुर बानियाँलाई खानतलासी गर्दा नेपाली नक्कली नोट र ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

बानियाँले लगाएको बक्स हाफपेन्टको पछाडिको गोजीभित्र हेर्दा नक्कली जस्तो देखिने एउटै नोट नम्वरहरु भएको एक हजार दरको नेपाली रुपैयाँको नोट ८ थान र ठूलो, सानो प्लाष्टिकको २ वटा प्याकेटमा रहेको ४७ ग्राम ५३० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बानियाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको र झापा जिल्ला अदालतबाट म्याद थप गरी थप कानुनी प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]