२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

प्रधानमन्त्री ओली विरुद्ध आन्दोलन गर्नेलाई युवा संघ प्रतिकार गर्ने : उपाध्यक्ष झा

Logo
प्रकाशित शुक्रबार, जेठ २१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध आइलाग्नेलाई अब युवा संघले ठाउँको ठाउँ जवाफ दिने भएको छ ।

युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएका बेला प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा आबद्ध पदाधिकारी तथा युवा नेता कार्यकर्तालाई मैदानमा उत्रिन आह्वान गरेका छन् ।

‘सम्मानीय प्रधानमन्त्री केपी ओली, नेकपा (एमाले) र नेपाल सरकार र हाम्रो इन्चार्ज (महेश बस्नेत) विरुद्ध आई लाग्नेहरुलाई अरिङ्गाल झै जाई लाग्न राष्ट्रिय युवा संघ नेपाल प्रदेश २ लाई निर्देशन गरिँदैछ,’ सुरजले भनेका छन्, ‘साथै सरकारले गरेको देश हित र बिकासको कामलाई तल तल जनतासम्म संचार माध्यम र समाजिक संजालमार्फत प्रचार प्रसार गर्न निर्देशन गरिएको छ।

साथै कोभिड बिरुद्द तपाईहरुले फिल्डमा गरिरहेको सेबामुलक कामहरुको लागि विशेष धन्यवाद दिन चाहन्छु ।’ झा को निर्देशनसँग प्रदेश २ का कमिटीहरु मैदानमा उत्रिएका छन् ।

सरकारको अनावश्यक विरोध गर्नेहरुविरुद्ध युवाहरु प्रतिवाद गर्न परिचालित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]