१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

पाँच देशमा एकसाथ वृक्षरोपण

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२२ जेष्ठ । विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले आज वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गर्नुभएको हो । ‘दक्षिण एशियन टिम’ नामक स्वयंसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

अभियानले अन्र्तराष्टिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ ।

देशअनुसार विभिन्न देशले आतिथ्य गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो । नेपालमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशका तीन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

भारतमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउण्डेशनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गर्नुभएको छ । दक्षिण एशियन टिमका आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । यस अभियानका लागि बिभिन्न कलाकारले पनि बृक्षरोपण गर्ने र नागरिकलाई समेत बृक्षरोपण गर्न सामाजिक संजालबाट अपील समेत गरेका थिए ।

यूवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा बृक्षरोपण गरेका छन् । यो अभियान आज विविध कार्यक्रम गरी मनाइएको छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]