२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्कुल पठाउ तब डोलि चढाउ नाराका साथ बालविवाह विरुद्ध जनचेतना र्याली

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

राकेश यादव ,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिका-९ परिकौलीमा बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालबिवाह विरुद्ध जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ।शनिबार परिकौली बाल कल्वका अध्यक्ष सुमन चौधरीको नेतृत्वमा परिकौलीको विभिन्न टोल टोलमा पहिले स्कुल पढाउ तब डोलि चढाउ,बालविवाह अन्त करु महिला हिंसा बन्द करु र विहेवारी २० वर्ष पारी नाराका साथ बालविवाह विरुद्ध अभियान अन्तरगत जनचेतना मुलक र्याली निकालिएको छ।यता कलबका अध्यक्ष चौधरीले भने बालविवाह विरुद्ध र्याली कार्यक्रममा जलेश्वर नगरपालिका -९ का वडाअध्यक्ष रबिन्द्र यादवको सहयोगमा र उहाको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो ।अध्यक्ष चौधरीले र्यालीमा बालबालिका ,युवा ,विद्यार्थी र बुद्धिजीवी सहितको सहभागितामा कार्यक्रम सम्पन्न भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]