२९ बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

स्कुल पठाउ तब डोलि चढाउ नाराका साथ बालविवाह विरुद्ध जनचेतना र्याली

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

राकेश यादव ,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिका-९ परिकौलीमा बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालबिवाह विरुद्ध जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ।शनिबार परिकौली बाल कल्वका अध्यक्ष सुमन चौधरीको नेतृत्वमा परिकौलीको विभिन्न टोल टोलमा पहिले स्कुल पढाउ तब डोलि चढाउ,बालविवाह अन्त करु महिला हिंसा बन्द करु र विहेवारी २० वर्ष पारी नाराका साथ बालविवाह विरुद्ध अभियान अन्तरगत जनचेतना मुलक र्याली निकालिएको छ।यता कलबका अध्यक्ष चौधरीले भने बालविवाह विरुद्ध र्याली कार्यक्रममा जलेश्वर नगरपालिका -९ का वडाअध्यक्ष रबिन्द्र यादवको सहयोगमा र उहाको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो ।अध्यक्ष चौधरीले र्यालीमा बालबालिका ,युवा ,विद्यार्थी र बुद्धिजीवी सहितको सहभागितामा कार्यक्रम सम्पन्न भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]