१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सिरहाका सिमावर्ती क्षेत्र लागू औषध को अखाडा बन्दै, बरियारपट्टीबाट एक पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

मनोज बनैता, सिरहा । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० वस्र्ने चित्र विकको छोरा अन्दाजी वर्ष २० को खेमराज विक कालो झोलामा डाइजापाम ८ पिस, फेनरागन ९ पिस, नरफिन ९ पिस बरामद गरेका छन । लागुऔषध र विकलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले वताएका छन। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको सिरहाको डिएसपि प्रवक्ता अपिलराज वोहराले वताएका छन । ‘जुन जोगी आएपनी कानै चिरेको भने झै’ जुन प्रहरी प्रमुख आएपनी सिरहाको अवस्था खासै नफेरिएको स्थानीयहरु बताउँछन् । सरुवा भएर आउने नयाँ जिल्ला प्रहरी प्रमुखहरुले शुरुमा आफ्नो जति बडाई गरेपनि तस्करी र लागुऔषध नियन्त्रण गर्ने सवालमा उल्लेखनीय प्रगति नगरेको यहाँका वासीहरुको ठहर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]