०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

पर्यटनमन्त्री अरगरियाद्वारा विमानस्थल अनुगमनमा

Logo
प्रकाशित बुधबार, जेठ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ जेष्ठ ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।

मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थल कर्मचारीसहित मन्त्री अरगरिया बुधबार दिउँसो विमानस्थल अवलोकनमा पुगेका हुन्।

विमानस्थल अवलोकनका क्रममा मन्त्री अरगरियाले त्यहाँको अन्तर्राष्ट्रिय टर्मिनलमा नवनिर्मित आगमन कक्षको उद्घाटन गरेका छन्।

मन्त्री अरगरियाले अवलोकनका क्रममा सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिए। उनले कोभिड-१९ महामारीलाई ध्यानमा राखेर स्वास्थ्य-सुरक्षाका मापदण्ड पालना गराउन पनि निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]