१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

नेता यादवको निधनप्रती डा राउतद्वारा दु:ख व्यक्त

Logo
प्रकाशित बुधबार, जेठ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ जेष्ठ ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीका युवा नेता ई.आलोक यादव (सागर )को निधनप्रती दु:ख व्यक्त गरेका छ्न।

जनमत पार्टी सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका नगरप्रमुख ई .आलोक यादवको विराटनगर स्थित उपचारको क्रममा ३५ वर्षका उमेरमा निधन भएको हो।

केही समयअघि उनमा कोरोना संक्रमण देखिएपछि उपचारको अस्पताल भर्ना गरिएको थियो । उनको हिजो (मंगलबार) कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका प्रवक्ता सुनिल देवले बताए । ‘हिजो मात्रै उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो तर छातीमा समस्या देखिएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो’ उनले भने–‘उपचारकै क्रममा उनको आज विहान निधन भएको हो ।’

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जनमत पार्टीले एउटा योद्धा युवा नेता गुमाएको छ ।नेता यादवले जनमत पार्टीलाई दिएको योगदान पार्टीले कहिले भुल्ने छैनन् ।सधै आलोकको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]