१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, सात मन्त्री र एक राज्यमन्त्री थपिँदै

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ।

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय मामिलासहित सात मन्त्रालय रिक्त छन्। यी सबै मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री ओली आफैंले सम्हालिरहेका छन्।

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउने चर्चा छ। वन राज्य मन्त्रीमा आशा विककाे चर्चा छ। रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नेछन्।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]