१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मन्त्री यादवको घोषणा : पोखरीमा डुबेर ज्यान गुमाएका परिवारलाई १/१ लाख दिने

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ जेष्ठ । प्रदेश २ सरकारका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

मन्त्री यादवले प्रत्येक पीडित परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट १/१ लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

यादवको निर्वाचन क्षेत्रसमेत रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरस्थित एक खेतमा नयाँ खनिएको पोखरीमा डुबेर शुक्रबार पाँच बालिकाको एकैसाथ मृत्यु भएको थियो।

मन्त्री यादवले बेलाबखत भइरहने यस्ता घटनाप्रति गम्भीर रहेको बताउँदै तराई–मधेशमा रहेका अव्यवस्थित पोखरीलाई सुरक्षित बनाउन हरसम्भव प्रयास गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]