०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२९ जेष्ठ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ ।

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका—२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो । विवाह गरेको पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् ।

विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना पकाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद भएको स्थानीयवासीले बताएका छन् । घरफर्किएपछि त्यही विषयमा पुनः विवाद शुरु भएपछि श्रीमान्सहित परिवारका अन्य सदस्यले आफूलाई निर्घात कुटपिट गरेको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ ।

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

कुटपिटमा संग्लन अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताउनुभयो ।

माइतीपक्षले विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]