२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

करेन्ट लागेर धनुषाधाममा एक महिलाको मृत्यु

Logo
प्रकाशित आइतबार, आषाढ २२, २०७६

शम्भु पण्डित,जनकपुरधाम।धनुषाको धनुषाधाम नगरपालिका – १ स्थित रहेको काशिपुर टोलमा चापाकलमा जडान गरिएको विद्युतिय मोटर चलाउन क्रममा करेन्ट लागेर एक महिलाकि घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।शनिबार करिब ९ बजे रातिमा विधुतिय मोटर चलाउन गएका स्थानीय हरिनारायण यादवकी श्रीमति बिमला देवि यादवको मृत्यु भएका छ्न।पानी निकाल्नको लागि चापाकलमा जडान गरिएको मोटरबाट चापाकलमामा करेन्ट प्रभाव भएको तथा स्वीच दिएर मोटर चलाउन गरेका थिए । त्यसपछि मोटर चलाएर चापाकलमा छोएपछि उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताए । उनका शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएको उका श्रीमान हरिनारायण यादवले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]