०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्रदेश २ मा फेरि श्रीमानले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरे

Logo
प्रकाशित आइतबार, जेठ ३०, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,३० जेष्ठ । प्रदेश २ का  रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन्।

घरायसी विवादमा एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ। रौतहटको चन्द्रपुर नगरपापिलका-४ की ३८ वर्षीया दिपिका विकलाई उनका ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन्।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ। उनको देब्रे हात र पेट जलेको छ।

श्रीमानले दिपिकालाई कुट्दा विवाद भएको थियो। विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा बोतलमा ल्याएको एसिड छ्यापेका थिए। प्रहरीले दिपकलाई पक्राउ गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]