१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

विद्यार्थी जनमत संघद्वारा शहिदनगरमा रक्तदान

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ जेष्ठ । डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ धनुषाले शहिदनगर नगरपालिकामा रक्तदान कार्यक्रम गरेको छ।

सोमबार शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा विद्यार्थी जनतम संघ धनुषाको अध्यक्ष विजय यादवको अध्यक्षतामा २२ जनाले रक्तदान गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको कारण लामो समयदेखि बन्दाबन्दी भएको कारण रक्तबैंकमा रगतको अभाव रहेको कारणले कसैको ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ रक्तदान गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष विजय यादवले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी धनुषा प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो रक्तदान कार्यक्रममा स्थानीय ई मुकेश शर्माले १ काटुन फुरुटी र २ काटुन पानि सहयोग गरेको थिए।

नेपाल रेडक्रस सोसाइटी धनुषाका इन्चार्ज श्रीनारायण न्योपाने ,प्रहरी चौकी खरियानीका कार्यालय प्रमुख बिरेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]