०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

पर्यटनमन्त्री उमाशंकर अरगरियालाई गृह जिल्लामा १०१ किलोको मालाले स्वागत

Logo
प्रकाशित बुधबार, आषाढ ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई बुधबार धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका अरगरियालाई जसपाका युवा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका थिए ।

जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले स्वागत गरे पनि कार्यक्रम स्थलमा भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकटका नेताहरुको उपस्थिति थिएनन् ।

जनकपुरको भानु चोकस्थित घर पुगेपछि उनलाई आफन्तले समेत स्वागत गरेका थिए । घरमा १० मिनेट पनि नबसेर उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले राखेको स्वागत कार्यक्रममा पुगेका थिए ।

उनले आजै जानकी मन्दिरमा पूजापाठ पनि गरेका छन् । मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरेका थिए ।

मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने स्वास्थ्य सामग्री समेत सहयोग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]