०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

जनकपुरधाममा कोभिड विशेष अस्पताल सञ्चालनमा

Logo
प्रकाशित बिहिबार, आषाढ ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ असार । प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज अस्पतालको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा छिट्टै शुरू गर्ने जानकारी दिनुभयो । उहाँले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौ। बिति सक्दा पनि अस्पताल सञ्तालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको बताउनु भयो ।

सामाजिक विकास मन्त्री साहले प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच , बिएन , बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]