२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

जनकपुर जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ २२, २०७६

ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरीले रक्तदान सबभन्दा पुण्यको कार्य मात्र नभई आफ्नो शरीरलाई स्वस्थ्य राख्नका लागि आवश्यक रहेको बताएका छन् । उनले रक्तदान गर्दा दिनेलाई पनि राम्रो हुन्छ र अरुलाई पनि जीवन दान हुने गरेको बताएका छन् ।

रक्तदान कार्यक्रममा जेसीजका सदस्यहरु लगायतका व्यक्तिहरुले पनि रक्तदान गरेका छन् । कार्यक्रममा पूर्व जेसीज अधयक्ष सुधिर पजियार, प्रविण कुमार कर्ण सहितका व्यक्तिहरुले रक्तदान गरेका छन् ।
बढ्दो गर्मीका बढीरहेको रोगले गर्दा अहिले रेडक्रसमा समेत रक्तको अभाव रहेको छ । रक्तको कारण कुनै पनि व्यक्तिको मृत्यु नहोस् उद्देश्यका साथ रक्तादन गरिएको जेसीज अध्यक्ष तुलसी पजियारले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]