११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

निलम्बित सांसद चौधरीको स्वास्थ्यमा सुधार

Logo
प्रकाशित सोमबार, आषाढ २३, २०७६

काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालका निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्स हुने भएको छ ।
सांसद चौधरीलाई ढाडमा समस्या आएपछि विगत १९ दिनदेखि काठमाण्डौँ स्थित रहेको वीर अस्पतालमा उपचार गराउदै आएको थियो । डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन सल्लाह दिएको छ । सोही अनुसार उनलाई नियमित चेकजाँच गराउनु पर्नेछ । चौधरी आज सोमबार दिउँसो ३ बजे डिल्लीबजारस्थित करागारमा फर्किने भएको उनका परिवारले बताए ।
चौधरीलाई ढाडमा समस्या आएपछि उनलाई खुट्टामा नेल बाँधेर वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । नेल बाँधेर पशुजस्तै व्यवहार गरेको भन्दै सरकारको चर्को बिरोध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेल बाँध्ने प्रहरीलाई कारबाहीको निर्देशन समेत दिएका थिए ।
चौधरी कैलाली क्षेत्र नं १ बाट राजपाका निर्वा्चित प्रतिनिधि सभा सांसद हुन् । उनले ३४ हजार ३४१ मत ल्याएर विजयी हुनु भएका थिए । टीकापुर घटनाको अभियुक्तरुपमा रहेका उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाए पछि उनका परिवारजनले दुःख पोखे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]