१९ बैशाख २०८२, शनिबार
03-05-2025 , Sat
×

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस जारी

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ असर । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस जारी रहनेछ ।

हिजो र अस्ती रिट निवेदकका तर्फबाट १३ जना वकिलहरुले बहस गरिसक्नुभएको छ ।

बहसको क्रममा संवैधानिक इजलास मुख्य रुपमा दुई वटा प्रश्नमा स्पष्ट हुन खोजेको छ ।

संविधानको धारा ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आधार पेश गर्दा दलको समर्थन चाहिन्छ कि चाहिँदैन भन्नेमा न्यायाधिशहरुले वलिकलाई प्रश्न गरिरहनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नलिई धारा ७६ –५ को प्रधानमन्त्रीमा दावी गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि इजलासका श्रीमानहरुको प्रश्न छ ।

हिजोको वहसमा भाग लिदैं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाभित्रका दलहरु आपसमा मिलेर सरकार गठन गर्न असफल भएपनि संसद विघटन हुनबाट जोगाउन संविधानको धारा ७६ –५ को व्यवस्था राखिएको भन्दै यो धारालाई सांसदहरुले प्रयोग गर्ने ‘ब्रम्हास्त्र’ को संज्ञा दिनुभयो ।

प्रधानन्यायाधीश जबराले संविधानको यो धारा बमोजिमको सरकार गठनका लागि प्रधानमन्त्रीका दावेदारलाई दलीय समर्थन चाहिन्छ कि चाहिँदैन रु भन्ने विषयमा संविधानसभामा के छलफल भएको थियो भनेर पनि प्रश्न गर्नुभयो ।

बुधबार वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले बहस गर्दै गर्दा प्रधानन्यायाधीश जबराले उहाँलाई यो प्रश्न गर्नुभएको थियो ।

यादवले ७६–५ दलको समर्थनमा सरकार बनाउने व्यवस्था हो कि होइन भनी अदालतबाटै निरुपण हुनुपर्ने बताउनुभयो ।

यसैबचि रिट निवदेक र सरकारी पक्षले आ–आफ्नो वहस नोट पेस गरेका छन् ।

सर्वोच्च अदालतले वहसको समय निर्धारण गरेसँगै दुबै पक्षलाई बहस नोट पेश गर्न भनेअनुसार झगडिया पक्षले बहस नोट पेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]